गठबन्धनको चुनावी अभियान तीब्र, काउलेमा सम्पर्क कार्यालय उद्घाटन

गठबन्धनको चुनावी अभियान तीब्र, काउलेमा सम्पर्क कार्यालय उद्घाटन

कुरिनटार  :  बाम लोकतान्त्रिक गठबन्धन चितवन क्षेत्र नम्बर २ ले आगामी मंसिर ४ गते हुन गइरहको प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावी अभियानलाई तीब्र बनाएका छन् । चुनावी अभियान अन्तरगत गठबन्धनले चितवन क्षेत्र नम्बर २ अन्तरगत इच्छाकामना २ माथिल्लो काउलेमा पनि सम्पर्क कार्यालय स्थापना गरेका छन् ।
प्रतिनिधिसभा सदस्यका उम्मेद्वार उमेश श्रेष्ठ र चितवन क्षेत्र नम्बर २ प्रदेशसभा क का उम्मेद्वार घनश्याम दाहालले कार्यालयको उद्घाटन गरेका हुन् ।
कार्यालय उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान सभापति जीत नारायण श्रेष्ठ, कांग्रेस महासमिति सदस्य गीता कुमारी गुरुङ,नेकपा माओवादी केन्द्रका प्रदेश कमिटीका सदस्य प्रताप गुरुङ, कांग्रेस इच्छाकामनाका सभापति कृतिकुमार श्रेष्ठ लगायतका नेता कार्यार्ताहरुको उपस्थिति रहेका थिए ।