इच्छाकामनामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु, एक जना घाइते

इच्छाकामनामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि  दुई जनाको मृत्यु,  एक जना घाइते

कुरिनटार :  चितवनको इच्छाकामनामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पृथ्वीराजमार्ग अन्तरगत चितवन इच्छाकामना ३ मौवा खोलामा धादिङ तर्फ बाट फिस्लिङ तर्फ आउदै गरेको ना३३प ३६५० नम्बरको मोटरसाइकल गएराती १२ बजे आफै अनियन्त्रित भई पल्टिदाँ इच्छाकामना ३ का प्रेम बहादुर गुरुङको मृत्यु भएका हुन् । अनियन्त्रित भइ बाटो साईटको नालीमा झरी गम्भीर घाईते भएका गुरुङको उपचारको क्रममा भरतपुर अस्पतालमा १ः ५५ बजे मृत्यु भएका हुन् ।
यसैबिच पृथ्वीराजमार्ग अन्तरगत इच्छाकामना ४ स्थित रमाइलो डाडाँमा मोटरसाइकल ट्रकमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ । ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार  आज विहान ०५ः३५ बजेको समयमा नवलपरासीबाट काठमाडौ तर्फ जाँदै गरेको ना७ख ९२३१ नम्बरको ट्रकमा बिपरित दिशाबाट आउदै गरेको ना४७प ९११६ नम्बरको मोटरसाइकल ठोक्किएर घाइते भएका मोटसाइकल चालक सर्लाहीको बाग्मती नगरपालिका १० बस्ने बर्ष अं.२५/२६ को सुनिल सिंहको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक सिंह श्री रण शार दल गण बुटवलमा कार्यरत आर्मीको सिपाही रहेको प्रहरीले जनाएको छ ।
घाइते मोटर साइकल पछाडी सवार सर्लाहीको बाग्मती नगरपालिका ८ बस्ने बर्ष १९ की निसा मगरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको टाउको र निधारमा चोट लागेको र अबस्था मध्याम रहेको छ ।
ट्रक र चालक  प्रहरीको नियन्त्रणमा रहेको छ।