ईतिहास हेर्दा चितवन २ का जनता परिवर्तन चाहन्छन। पहाडी क्षेत्रमापनी रविकै पकड।

ईतिहास हेर्दा चितवन २ का जनता परिवर्तन चाहन्छन। पहाडी क्षेत्रमापनी रविकै पकड।

कुरिनटार- आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्यको लागि हुन गइरहेको निर्वाचनको माहोलले देश तातिएको छ। देश भर तातिएको माहोल जस्तै गरेर धेरैको चासो रहेको चितवन २ को चुनावी चटारो र माहोल उस्तै छ।                                                                                          चितवन २ अन्तर्गत पर्ने धेरै जसो स्थानको राजनीति भने ईतिहास हेर्दा परिवर्तन भै राखेको छ २०५६ सालमा भएको आम निर्वाचनमा यस क्षेत्र अन्तर्गत पर्ने अधिकांस क्षेत्र समेटेर बनाइएको निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले जित हासिल गरेको थियो। २०६४ सालको पहिलो संबिधान सभा निर्वाचनमा भर्खरै चुनावि राजनीतिमा आएको माओवादीले अत्याधिक मत सहित जितेको यस क्षेत्रमा २०७० सालमा भएको दोश्रो संबिधानसभा निर्वाचनमा नेकपा एमाले बिजय भएको थियो। देशको सासकिय ब्यबस्था परिवर्तन पछि थोरै निर्वाचन क्षेत्रमा बदलाब गरि २०७४ सालमा भएको पहिलो प्रतिनिधि सभा निर्वाचनमा एमाले-माओबादी गठबन्धनले जितेको यस क्षेत्रमा अहिले भने दृष्य फरक देखिएको छ।                                                                                              २०५६ सालको निर्वाचन सम्म २ पार्टी कांग्रेस र एमाले बिच  मात्र हुने प्रतिस्पर्धा २०६४ सालमा  माओवादी थपिदै ३ पार्टी बिच प्रतिस्पर्धा हुन थाल्यो अहिले भने ४ पार्टीका ३ उम्मेद्बार बिच कडा टक्कर हुने देखिएको छ। केहिसमय अगाडि मात्र दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चर्चीत पुर्व संचारकर्मी रवि लामिछाने यहि क्षेत्रबाट चुनाव लड्ने भएपछी अहिले चितवन २ को प्रतिस्पर्धा र माहोलनै फेरिएको छ। रवि लामिछानेको उम्मेद्बारी घोषणा नहुदा सम्म कांग्रेस-माओबादी गठबन्धन र एमाले बिच प्रतिस्पर्धा हुने आकलन गरिएको यस क्षेत्रमा अहिले नया आकलन गर्न थालिएको छ।                                                                                            भरतपुर महानगरपालिकाको १० वटा वडा कालिका नगरपालिका र इच्छाकामना गाउपालिका समेटिएको यस निर्वाचन क्षेत्रमा अहिले गरिएको विभिन्न सर्वेक्षणले जनताले नया र बैकल्पिक शक्तिको रुपमा रवि लामिछानेलाइ  खोजेको देखिएको छ।  एकछत्र तीन ठुला पार्टीको शासन भोगेका जनतामा निर्वाचन प्रणाली प्रती नै वितृष्णा जाग्दै गर्दा विकल्पको रुपमा अहिले सम्म नभोगेको पार्टी प्रती झुकाव देखिएको आकलन गर्न सकिन्छ। छोटो राजनैतिक ईतिहास बोकेको भएपनी राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले चितवन सहित देश भर प्रचारप्रसार आक्रमक तरिकाले गरिरहेको छ। अपत्यारिलो आश्वासन भोज र पैसाको प्रलोभन बिनै देशभर चुनाव जित्ने होडमा राष्ट्रिय स्वतन्त्र पार्टी लागेको छ भने अन्य प्रतिसपर्धी दल पुरानै सैलिमा गाउँ गाउँमा मतदाता रिझाउन भोज गर्ने पैसाको प्रलोभन पार्नी होडमा छन।   गाउँ गाउँमा बलियो सांगठनिक अबस्था भएका दुई उम्मेद्बार कृष्ण भक्त पोखरेल र उमेश श्रेष्ठ तथा भर्खरै चुनावी होडमा सामेल भएका रवि लामिछाने बिच कडा प्रतिस्पर्धा हुने देखिएपनि मतदाताको मनस्थिति र यस क्षेत्रको जनताको राजनीतिमा बदलिदो ईतिहास हेर्दा रवि लामिछानेको पल्ला भारी देखिन्छ।                                                                                            चुनावी होडमा अहिले सम्म भएका स्वतन्त्र सर्वेक्षणमा अगाडि देखिएका रवि लामिछाने सामु मंसिर ४ सम्म आफ्ना मतदाता जोगाउन भने अप्ठेरो अबस्था छ। आफ्नो दरिलो सांगठनिक अबस्था नभएको तथा अन्य दल हरुले निर्वाचनमा भोज भतेर र आर्थिक प्रलोभनले मतदाता प्रवाहित पारी क्याम्पिङ गराइ मत बदल्न सक्ने सम्भावना समेत उत्तिकै छ। चितवन २ अन्तर्गत मतदाता प्रवाहित पार्न सजिलो मानिएको कालिका नगरपालिकाको केही क्षेत्र र इच्छाकामना गाउपालिकाको अधिकांस क्षेत्रका जनताले समेत रवि लामिछाने प्रती बिश्वास देखाए पछि आक्रमक तरिकाले संगठन बिस्तार गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले यहि अबस्थालाइ जोगाउन सके चितवनले नया  राजनैतिक शक्ति पाउने निश्चिति देखिएको छ।