पैसा बाँडेको आरोपमा एमालेका प्रदेशसभा उम्मेदवार पक्राउ

पैसा बाँडेको आरोपमा एमालेका प्रदेशसभा उम्मेदवार पक्राउ

काठमाडौँ :  मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोपमा नेकपा एमालेका काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा प्रदेशसभाका उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं ५ ख का प्रदेशसभा उम्मेदवार दीपक निरौलालाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै बुढानिलकण्ठ नगरपालिका( ६ का वडाध्यक्ष रवि खड्का र नेकपा एमाले बुढानिलकण्ठ नगरका अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई बुढानिलकण्ठ नगरपालिका ६ का कर्मचारी बुद्ध लक्ष्मी तामाङको घरबाट प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिनिधिसभातर्फका उम्मेदवार छन् ।