चितवन २ मा रवि लामिछानेको अग्रता,पछि परे कृष्णभक्त पोखरेल

चितवन, ६ मंसिर । चितवन क्षेत्र नम्वर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । चितवनको कालिका नगरपालिकाको मत गणना हुन सुरु भएपछि उनले अग्रता लिन थालेका हुन् । पछिल्लो परिणम अनुसार रवि लामिछानेले ४००७ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३८७९ र कांग्रेसका उमेश श्रेष्ठले ३४१० मत प्राप्त गरेका छन् ।
इच्छाकामनामा तेश्रो बनेका रबिले कालिकाबाट अग्रता लिएका हुन् ।
