चितवन २ मा निरन्तर मतको अग्रता बढाउँदै रबि , सात हजार बढीको अग्रता

चितवन २ मा निरन्तर मतको अग्रता बढाउँदै रबि , सात हजार बढीको अग्रता

चितवन:  चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले अग्रता बढाउँदै लगेका छन् । उनले निकटम प्रतिद्वन्दी एमालेका कृष्णभक्त पोखरेलसँग फराकिलो मतान्तर बनाउँदै अगाडि बढाएका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार २७ हजार ४९४ मत गणना हुँदा रबिले ७ हजार ३९२ मतले अग्रता लिएका छन् ।

रबिले १३ हजार ६४१ मत प्राप्त गर्दा एमालेका कृष्णभक्त पोखरेलले ६ हजार २४९ र गठबन्धनका तर्फबाट उमेदवारी दिएका कांग्रेसका उमेश श्रेष्ठले ५ हजार ९३५ मत ल्याएका छन् । इच्छाकामना गाउँपालिकामा तेश्रो स्थानमा रहेका रबिले कालिकाबाट निरन्तर अग्रता लिएका हुन् ।