गुल्मीमा जीप दुर्घटना हुदाँ पाँचजनाको मृत्यु, चार जना घाइते

गुल्मी : जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गुल्मीको सत्यवती गाउँपालिका ३ ठूलो लुम्पेकबाट कुढडाडा जादै गरेको लु ३ च ५३४० नम्बरको जीप दुर्घटना हुँदा ५१ वर्षीय झलक सोमै,५५ का टीका राहादी, ४७ का रनबहादुर सिंजापति र २५ वर्षीय मिलन तरामु र ४३ की जमुना सोमैको मृत्यु भएको हो
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा ३३ का कार्बोलिन सोमै, ३२ वर्षीय चेतमा सिंजाली ४९ का गीरबहादुर सोमै र खण्डन सोमै घाइते भएका छन्।
घटनाको विस्तृत विवरण आउँन बाँकी छ।
