चितवन ३ मा राप्रपाका विक्रम पाण्डे विजयी

चितवन ३ मा राप्रपाका विक्रम पाण्डे विजयी

चितवन :  प्रतिनिधि सभा निर्वाचन अन्तरगत चितवन क्षेत्र नं. ३ मा रा.प्र.पा.का बिक्रम पाण्डे बिजयी हुनुभएको छ ।

रा.प्र.पा.का केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका पाण्डेले लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)का उम्मेदवार डा. भोजराज अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका जीता बराल र नेकपा एमालेको समर्थन पाउनुभएका नेपाली काँग्रेसका बागी (स्वतन्त्र) उम्मेदवार दिनेश कोइराला लगायतलाई पराजित गर्नुभएको हो ।

पाण्डेले ३५०५५ मत ल्याउँदा उहाँका निकटतम् प्रतिद्वन्दीका रुपमा माओवादी केन्द्रका डा. अधिकारीले २५८२२, रा.स्व.पा.का जिता बरालले १४७४२ र स्वतन्त्र उम्मेदवार कोइरालाले १२२२२ मत पाउनुभयो । अन्य उम्मेदवारहरुले उल्लेख्य मत पाएनन् ।