मुग्लिन नजिकै पुलबाट टिफर खस्दा बेनिघाट रोराङका सन्त बहादुर राइको मृत्यु

मुग्लिन नजिकै पुलबाट टिफर खस्दा बेनिघाट रोराङका सन्त बहादुर राइको मृत्यु

चितवन :  नारायणगढ– मुग्लिन सडकखण्डमा टिफर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान ६ :  ४५ बजे मुग्लिनबाट नारायणगढतर्फ जादैँ गरेको बा२ख ७४६२ नं. को टिफर इच्छाकामना ५स्थित तीन नम्बर पुलबाट आफैँ अनियन्त्रित भई सडकदेखि २० मिटर तल तुईन खोलामा खस्दा चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका १० बस्ने बर्ष ४२ को सन्त बहादुर राईको घटनास्थलमै मृत्यु भएको हो ।