लाइभ कन्सर्टका लागि चितवन आइपुग्यो नेपथ्य टिम

लाइभ कन्सर्टका लागि चितवन आइपुग्यो नेपथ्य टिम

चितवन :  चितवनको नारायणगढस्थित क्याम्पा चौरमा यही मंसिर २५ गते हुने ‘नेपथ्य लाइभ कन्सर्ट’का लागि यहाँ आज आइपुगेको मुख्य गायक अमृत गुरुङ सहितको नेपथ्य समुह चितवन आइपुगेको छ ।

आश्रमका अध्यक्ष रामजी अधिकारी, कन्सर्टका संयोजक ओमकार कँडेललगायत आश्रमका अभिभावकहरुले नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङसहितको समुहलाई पुष्पगुञ्छा तथा खादा लगाएर स्वागत गर्नुभएको हो । नेपथ्य टिमलाई स्वागत गर्न आश्रमका अभिभावक तथा समाजसेवी बालगोपाल चुके, गुणराज दाहाल, पुष्प धिताललगायतको सहभागिता थियो ।
हेटौँडाको कार्यक्रम सकेर नेपथ्यको टोली आजै चितवन आइपुगेको थियो । सोही क्रममा उहाँहलाई चितवनले स्वागत गरेको हो ।
नेपथ्यले कन्सर्टका लागि चाहिने उच्चस्तरका प्रविधि सबै काठमाडौँबाट ल्याएको छ । पाँच वटा ट्रकले ति सामान ओसारपसार गरिरहेको छ । आजैबाट नेपथ्यले क्याम्पाचौरमा स्टेज निर्माणको काम समेत थालिसकेको छ ।
अब कार्यक्रम हुन दुई दिन मात्रै बाँकी हुँदा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आश्रमले जनाएको छ । “आन्तरिक तयारी करिबकरिब पुरा भएको र फिल्ड र स्टेजको काम जारी रहेको छ”, कार्यक्रम संयोजक कँडेलले बताउनुभयो । उहाँले टिकटसमेत सकिन लागेको जानकारी दिनुभयो ।

संयोजक कँडेलले भोलि शनिबार २ बजे नारायणगढस्थित आश्रम कार्यालयमा अमृतगुरुङसँग चियापान तथा भेटघाट कार्यक्रम रहेकाले सहभागिताका लागि चितवनबासीमा अनुरोध पनि गर्नुभएको छ ।

मानवता प्रवद्र्धनका साथै यहाँ रहेको मानवसेवा आश्रमको बाँकी भवन निर्माण तथा आश्रित बेसहाराहरुको संरक्षण र पालन पोषणको सहयोगार्थ यही २५ गते हुने ‘नेपथ्य लाईभ कन्सर्ट’मा त्यसका मुख्य गायक अमृत गुरुङले डेढ दर्जन लोकरपप गीतहरु प्रस्तुत गर्नुहुनेछ ।

मानवता प्रवद्र्धनका लागि मुलुकका प्रमुख १० शहरमा गर्न लागेको कन्सर्टअन्तरगत चितवनको योे कार्यक्रम चौथो हो । यसअघि मंसिर १६ गते विराटनगर र १९ गते वीरगञ्जमा र २२ गते हेटौंडामा कार्यक्रम सम्पन्न भइसकेको छ । तीन वटै कार्यक्रममा पाँच हजार बढी मासिको सहभागिता रहेको थियो । चितवनमा भने ६ हजार दर्शक उपस्थित गराउने लक्ष्य रहेको छ ।

मंसिर २९ गते नेपालगञ्जको रङ्गशालामा, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ ९रामनगर० मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिने छ ।

अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ । कन्सर्टमा सहभागि हुन मानवसेवा आश्रमको मुख्य कार्यालयका साथै अनलाइन्बाट पनि टिकट लिन सकिन्छ । टिकट शुल्क एक हजार रहेको छ ।