मृगौला रोगी गोरखाकी एक माया गुरुङको उपचारका लागि आर्थिक अभाव, सहयोगको अपिल

मृगौला रोगी गोरखाकी  एक माया गुरुङको उपचारका लागि आर्थिक अभाव, सहयोगको अपिल

गोरखा, २ पुस । आर्थिक अभावका कारण गोरखाको गण्डकी गाउँपालिका ७ छाप गाउँकी मृगौला रोगी एक माया गुरुङको उपचारमा समस्या भएको छ । विगत ९ बर्षदेखि दुबै मृगौलाले काम नगर्ने भएपछि डायालासिस गरिरहेको छ । आर्थिक अभावका कारण डायलासिस गर्न समस्या परेको परिवारले जनाएको छ । साथै उनको मृगौला फेर्नका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । गरिब विपन्न परिवारका गुरुङको तत्काल औषधी उपचार तथा डायलासिस गर्न समस्या परेको र मृगौला समेत फेर्नुपर्ने भएकाले आर्थिक सहयोग गरिदिन वडा कार्यालयले समेत आग्रह गरेको छ । उनको काठमाडौँ स्थित विर हस्पिटलमा उपचार भइरहेको छ ।

No description available.