पुल्चोक–गोन्द्राङ सडक विस्तार : सूचना अवज्ञा गरेपछि नारायणगढमा चल्यो डोजर

पुल्चोक–गोन्द्राङ सडक विस्तार : सूचना अवज्ञा गरेपछि नारायणगढमा चल्यो डोजर

चितवन : सडक डिभिजन कार्यालयले पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारका लागि संरचना भत्काउन गरेको सूचना घरधनीबाट अवज्ञा गरिएपछि अन्ततः डोजर चलाइएको छ । सडक विस्तारका लागि सडक डिभिजनले शुक्रबार बिहान डोजर चलाएको हो । चितवनको नारायणगढ–गोन्द्रङमा ६ लेन सडक विस्तारका लागि घर भत्काउन थालिएको हो । सडक क्षेत्रभित्र परेका घर तथा छाप्राहरु भत्काउन सुरु गरिएको छ । नारायणगढको पुल्चोकबाट सडक क्षेत्र ओगटेका घर तथा टहरा र अन्य संरचनाहरु घर भत्काउन सुरु गरिएको हो ।

पुल्चोक–गोन्द्राङ ६ लेन सडक निर्माणका क्रममा ५८ वटा घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताए । ती घरहरुमा २० देखि १०० मिटरसम्मका संरचना सडकको क्षेत्रमा पर्ने पौडेलले बताए । ३५ दिनको सूचना जारी गरेर सुचित गराउँदा घरधनीले सूचनाको अवज्ञा गरेपछि सडक डिभिजन कार्यालयले डोजर लगाएर भत्काउन सुरु गरिएको पौडेलले जानकारी दिए ।