सर्वशान्ति माविले मनायो विभिन्न कार्यक्रम गरि ५३ औँ बार्षिकत्सव

सर्वशान्ति माविले मनायो विभिन्न कार्यक्रम गरि ५३ औँ बार्षिकत्सव

इच्छाकामना  : चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा रहेको सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारले विभिन्न कार्यक्रम गरि ५३ औँ बार्षिकत्सव तथा अभिभावक दिवस मनाएको छ । एक हप्ता सम्म विभिन्न कार्यक्रम गरि बार्षिकत्सव मनाएको हो ।
बार्षिकत्सवको अवसरमा विद्यालयले विभिन्न खेलकुद प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, सांस्कृतिक कार्यक्रम लगायतका विभिन्न कार्यक्रम आयोजना गरेका थिए ।साथै विद्यालयका चन्दादाताहरुलाई सम्मान गरेका थिए ।
विद्यलाय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव सिलवालको सभापतित्व र बागमती प्रदेशका उद्योग बाणिज्य तथा आपूर्ति एवं भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयका माननीय मन्त्री मिलनबाबु श्रेष्ठ मिलन बाबु श्रेष्ठको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समितिका प्रमुख नारायण अधिकारी, गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवालको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका प्रमुख एसएसपी अञ्जनीकुमार पोखरेल,शिक्षा विकास तथा समन्य इकाइ चितवनका प्रमुख भुमिलाल सुवेदी लगायतको उपस्थिति रहेका थिए ।
कार्यक्रममा विद्यालयका प्रअ जोहन खरेलले विद्यालयको प्रगति प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो भने सहायक प्रअ केशवराज दाहाललले स्वागत मन्तव्य राख्नुभएको थियो । शिक्षक (माविका इन्चार्ज) शिवप्रसाद तिमल्सिनाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रश्तुतीहरु प्रश्तुत गरेका थिए ।