अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन इच्छाकामनाको अध्यक्षमा अभिशेक गुरुङ चयन

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन इच्छाकामनाको अध्यक्षमा अभिशेक गुरुङ चयन

इच्छाकामना :  अखिल नेपाल राष्ट्रि स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) इच्छाकामनाको अध्यक्षमा अभिशेक गुरुङ चयन हुनुभएको छ । आइतबार सर्वशान्ति माध्यमिक विद्यालय इच्छाकामना ४ कुरिनटारमा सम्पन्न प्रथम गाउँ कमिटी सम्मेलनले गुरुङको नेतृत्वमा १७ सदस्यीय गाउँ कमिटी गठन गरिएको हो ।

No description available.

सम्मेलनले उपाध्यक्षमा बिमा गुरुङ, सचिवमा सिजन सापकोटा, सह–सचिवमा अनिस थापा र बसन्त भण्डारी, कोषाध्यक्षमा अनित गुरुङलाई चयन गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी सदस्य तथा इच्छाकामनाका इन्चार्ज सुवास गुरुङले जानकारी दिनुभयो ।
साथै प्लस टु इन्चार्जमा आकाश गुरुङलाई चयन गरिएको छ ।
जिल्ला कमिटी सह–संयोजक हरि आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा जिल्ला सदस्य तथा इच्छाकामनाका इन्चार्ज सुवास गुरुङ, सप्त गण्डकी क्याम्पस कमिटीका सदस्य कुशल ढकाल लगायतको आतिथ्यता रहेका थिए ।

No description available.