पन्थचुली पाथिभरा टोल विकास संस्था दुम्किम मायाटारको अध्यक्षमा इन्द्र बहादुर प्रजा चयन

पन्थचुली पाथिभरा टोल विकास संस्था दुम्किम मायाटारको अध्यक्षमा इन्द्र बहादुर प्रजा चयन

इच्छाकामना  :  चितवनको इच्छाकामना २ स्थित पन्थचुली पाथिभरा टोल विकास संस्था दुम्किम मायाटारको अध्यक्षमा इन्द्र बहादुर प्रजा चयन हुनुभएको छ । शनिबार सम्पन्न टोल बासीहरुको भेलाले प्रजाको नेतृत्वमा ९ सदस्यीय टोल विकासको नयाँ कार्य समिति गठन गरिएको हो ।
भेलाले उपाध्यक्षमा नर बहादुर गुरुङ सचिवमा टिका बहादुर गुरुङ र कोषाध्यक्षमा डिलमाया चेपाङलाई चयन गरिएको सचिव टिका बहादुर गुरुङले जानकारी दिनुभयो ।
सदस्यहरुमा धनमाया चेपाङ,लिन कुमारी चेपाङ, सोवर्ण गुरुङ, समिप गुरुङ र दिनेश चेपाङ रहनुभएको छ ।
वडा सदस्य एक बहादुर गुरुङ, वडा कार्यालयका सह–सचिव सुमन पुरी लगायतको उपस्थितिमा टोलविकास समितिको नयाँ कार्य समिति चयन गरिएको हो ।
यस टोल विकास संस्थामा मायाटार, दुम्किङ, हेप्चेक र माझ खर्क गरि चार गाउँका १०४ घरधुरी छन् ।