गृहमन्त्री भएपछि पहिलोपटक चितवन आउनुहुदैँ लामिछाने

गृहमन्त्री भएपछि पहिलोपटक चितवन आउनुहुदैँ लामिछाने

चितवन : उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज चितवन आउदैँ हुनुहुन्छ । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछाने गृहमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चितवनआयन लाग्नुभएको हो ।

गृहमन्त्री अ लामिछाने  विभिन्न कार्यक्रममा सहभागि हुनुहुने छ । १४औँ चितवन महोत्सव परिसरभित्र नेपाली युवा उद्यमी मञ्च चितवनले आयोजना गरेको ‘मेड इन नेपाल एक्स्पो २०७९’को गृहमन्त्री लामिछानेले अवलोकन गर्ने कार्यक्रम रहेको छ । दिउँसो ३ः१५ बजे गृहमन्त्रीले एक्स्पोको अवलोकन गर्ने गृहमन्त्रीका स्वकिय सचिव प्रकाश सिग्देलले जानकारी दिनुभयो ।

त्यसअघि गृहमन्त्री लामिछानेसँग बिहान १०ः३० बजे भरतपुर विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । त्यसपछि ११ बजे पोल्ट्री व्यवसायी र गृहमन्त्री बीच भरतपुर गार्डेनमा अन्तरक्रिया हुने छ । दिउँसो १ बजे खैरहनीमा आजदेखि सुरु हुन लागेको खिचरा महोत्सवको उद्घाटन गर्न पुग्ने सिग्देलले जानकारी दिनुभयो ।

महोत्सवको उद्घाटन सकेर गृहमन्त्री भरतपुर आउनुहुने छ । साढे २ बजे चितवन उद्योग संघमा औद्योगिक क्षेत्रको विषयमा छलफल हुने छ । त्यसपछि मात्रै उहाँले मेन इन नेपाल एक्स्पोको अवलोकन गर्नुहुने छ । अवलोकनपछि उद्योग वाणिज्य संघमा उद्योगी व्यवसायीसँग छलफल हुने छ । साँझ ५ बजे फुड फेस्टिबलको अवलोकन र ६ः१५ बजे सौराहामा सौराहाका पर्यटनका विषयमा स्थानीयसँग गृहमन्त्रीले छलफल गर्ने कार्यक्रम रहेको स्वकीय सचिव सिग्देलले जानकारी दिनुभयो ।