नेपालीलाइ च्याट्जिपिटीको लत। धेरैसर्च गर्नेमा नेपाली पहिलो।

नेपालीलाइ च्याट्जिपिटीको लत। धेरैसर्च गर्नेमा नेपाली पहिलो।

 

गुगलमा च्याटजीपीटीबारे सर्वाधिक खोजी गर्ने देशको सूचीमा नेपाल सबैभन्दा पहिलो नम्बरमा छ । गुगल ट्रेन्डको गत एक महिनाको रिपोर्ट अनुसार विश्वमा च्याटजीपीटीबारे सबैभन्दा बढी खोजी गर्ने देशहरूको सूचीमा नेपाल पहिलो नम्बरमा परेको छ ।

रिपोर्ट अनुसार प्रयोगकर्ताहरूले च्याटजीपीटी भनेको के हो, यसको एप छ कि छैन, च्याटजीपीटी कसरी प्रयोग गर्न सकिन्छ, च्याटजीपीटीमा लगइन गर्ने तरिका लगायतका विषयहरू धेरै सर्च गरेका छन् ।
नेपालको मात्र नतिजा हेर्ने हो भने गुगल सर्चमा च्याटजीपीटीको विषयमा थाहा पाउनका लागि सबैभन्दा बढी प्रयोग भएका शब्दहरूमा ‘च्याटजीपीटी’, ‘च्याटजीपीटी लगइन’, ‘च्याटजीपीटी एप’, ‘ह्वाट इज च्याटजीपीटी’ र ‘ओपन एआई’ रहेका छन् ।

नोभेम्बरमा सुरु भएको च्याटजीपीटीको विषयमा नेपालीहरूले भने डिसेम्बरको तेस्रो हप्तादेखि भने अत्यधिक रुपमा खोजी गर्न सुरु गरेको देखिन्छ । त्यस यता गुगलमा च्याटजीपीटीबारे खोजी गर्ने नेपालीहरूको संख्या बढ्ने क्रममा नै रहेको छ । गुगलमा च्याटजीपीटीबारे खोज्ने नेपालको मध्य भूभागका प्रयोगकर्ताहरू बढी छन् ।

च्याटजीपीटीको विषयमा धेरै खोज्ने देशको सूचीमा दोस्रो स्थानमा पाकिस्तान छ भने तेस्रो, चौथो र पाँचौ स्थानमा भने इजराइल, मोरोक्को र टुनिसिया रहेको छ । यद्यपि यो सूची लगातार परिवर्तन भइरहेको छ ।