आईसीसी विश्व क्रिकेट लिग टु : नामिबियाविरुद्ध तीन विकेटले नेपाल विजयी

काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गतको खेलमा नेपालले शनिबारको खेलमा नामिबियालाई तीन विकेटले पराजित गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले नेपालाई २७६ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १५ बल बाँकी छँदै ७ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।
यो जितसँगै कीर्तिपुर मैदानमा भएको लिग टु अन्तर्गतको आफ्नो तीनवटै खेल नेपालले जितेको छ। नामिबियाविरुद्धको खेलमा नेपालका लागि ब्याटिङतर्फ आशिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५, कुशल मल्लले ६२ र रोहित पौडेलले ३९ रन बनाए।
आशिफ शेख र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि गरेको १३९ रनको साझेदारी एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै ठूलो साझेदारी हो।
