लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रीता थापामगर ,वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा

लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रीता थापामगर ,वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा

काठमाडौँ  :  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा रीता थापा मगर निर्वाचित भएकी छन्। उनी सर्वसम्मत अध्यक्ष निर्वाचित भएकी हुन्।महाधिवेशन धादिङमा भइरहेको छ। महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मालाई सर्वसम्मत चुनेको छ।

त्यस्तै, रामजी खाँण, राधिका हमाल, सुवास केसी र दीपक खड्का उपाध्यक्ष चुनिएका छन्। महासचिवमा शिव हमाल पनि सर्वसम्मत भएका छन्। बाँकी पदहरुमा भने सर्वसम्मत हुन नसकेपछि चुनाव हुँदैछ।