सरकारबाट बाहिरिने नेकपा एमालेको निर्णय

काठमाडौं : अन्तत : नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सोमबार पार्टी मुख्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो।
बैठकको निर्णय जानकारी गराउँदै उपाध्यक्ष विष्णु पौडेलले समसामयिक विषयमा बैठकमा छलफल भएको जानकारी दिए।
एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ।
पुस १० गते बालकोटमा सातदलीय गठबन्धन गरेर प्रचण्ड सरकारमा उपप्रधानसहित विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा गएको थियो।
