आरुघाटमा कार्यरत प्रहरी निरिक्षक देवकोटा बने ‘बेष्ट पुलिस अफ द मन्थ’

गोरखा : ईलाका प्रहरी कार्यालय आरुघामा कार्यरत प्रहरी निरिक्षक रामजी देवकोटा माघ महिनाको उत्कृष्ट प्रहरी घोषित हुनु भएको छ ।
प्रहरी निरिक्षक देवकोटाले आफुलाई तोकिएको जिम्मेवारी तथा पदिय दायित्वलाई उच्च अनुशासनमा रही ईमान्दारी तथा कर्तव्य निष्ठ भई निर्वाह गरेकाले उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।उहाँले नेपाल सरकारद्धारा संरक्षित जडिबुटीहरु चोरी निकासी नियन्त्रण, अपराध रोकथाम नियन्त्रण तथा अनुसन्धान कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गरी समाजमा शान्ती सु—व्यवस्था कायम राखि प्रहरी कर्मचारीहरुको परिचालन गर्नु भएका थिए ।
यस्तै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत टोल, समाज, विद्यालय सम्पर्क कार्यक्रम, खबर संकलन तथा अपराध रोकथाम, लागु औषध नियन्त्रण, आत्महत्या न्युनिकरण तथा समाजमा आमा समुहको भुमिका सम्बन्धी बिषयमा विभिन्न समयमा कक्षा संचालन गरी जनचेतना फैलाउन सहयोग गर्नुका साथै स्थानिय निकायसंग समन्वय गरी आरुघाट बजारमा ४ वटा सि।सि।ट।भी। क्यामरा जडान तथा मर्मत गरी बजार व्यवस्थापनमा सहयोगी भुमिका निर्वाह गरेकाले उहाँलाई महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
प्रहरी निरिक्षक देवकोटालाई आज एक कार्यक्रमका बिच नगद र प्रमाण पत्र प्रदान गरि सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो । जिल्ल कार्यालय गोरखाले जिल्ला भित्र कार्यरत प्रहरी कर्मचारीहरु मध्ये उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्दै आएको छ ।
