नेविसंघ चितवनको विवाद उत्कर्षमा

नेविसंघ चितवनको विवाद उत्कर्षमा

चितवन :  नेपाल विद्यार्थी संघ चितवनको विवाद पुनः उत्कर्षमा पुगेको छ । स्ववियु निर्वाचन हुन केही दिन मात्र बाँकी रहेको अवस्थामा नेविसंघ चितवनमा विवाद देखिएपछि चुनावको नतिजा के होला भन्ने कांग्रेसजनमा चासो र चिन्ता देखिएको छ । नेपाल विद्यार्थी संघका तत्कालीन अध्यक्ष सूर्य ढकालले कांग्रेस सचिव पदमा उम्मेदवारी दिएपछि रिक्त हुन आएको अध्यक्ष पदमा कसले नेतृत्व गर्ने भन्ने विषयमा सहमति नजुट्दा विवाद उत्कर्षमा पुगेको हो ।

तीन तहको निर्वाचन पश्चात पटकपटक जिल्ला सभातिलाई जिल्ला अधिवेशको वातावरण बनाउन आग्रह गर्दा पनि जिल्ला सभापतिले विद्यार्थीको भावनामाथि खेलवाड गरी नेविसंघको मर्मविपरीत आफ्नो ‘पकेट’को व्यक्तिलाई अध्यक्ष बनाउन एकल सिफारिस गरेपछि जिल्ला अध्यक्षका आकांक्षी नेविंिघ चितवनका नेताहरुले विरोध गरेका छन् ।

विज्ञप्तिमा कार्यवाहक जिल्ला अध्यक्ष राजन दाहाल, विद्यार्थी नेताहरु प्रकाश भण्डारी, लक्ष्मी सापकोटा, दिनेश तामाङ, अनिष पन्त, कृष्ण सापकोटा, अमृत मिश्र, सुमित पराजुली, रविन क्षेत्री र विकाश भुसालद्वारा जारी गरिएको विज्ञप्तिमा आपूmहरुले कांग्रेस नेताहरु डा। शेखर कोइराला र डा। प्रकाश शरण महतलगायतका केन्द्रीय नेताहरुलाई लिखित एवं मौखिकरुपमा जानकारी गराउँदासमेत नेपाल विद्यार्थी संघको विधान तथा प्रचलित विधि र मर्मविपरीत कुनै अमूक व्यक्तिको नाममा नेविसंघ केन्द्रको हवाला दिँदै जिल्ला अध्यक्षको रुपमा जिम्मेवारी दिएको कुरा सामाजिक सञ्जालमार्फत देखिन आएकोमा गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै उक्त कार्यको विरोध, निन्दा एवं भ्रत्सना गरिएको छ ।
साथै विज्ञप्तिमा आजका मितिसम्म कोही नयाँ अध्यक्ष नभएको र ने।बि।सघ चितवनलाई कसरि अगाडि बढाउने भन्ने विषयमा वृहत् विधार्थी भेलाबाट निर्णय लिइने र भ्रामक गतिविधिको पछाडि नलागी आसन्न स्ववियु निर्वाचनमा नेपाल विधार्थी संघका उम्मेदवारलाई विजयी गराउन तदारुकताका साथ् लाग्न नेपाल विधार्थी संघमा आस्ता राख्ने सम्पूर्ण विद्यार्थीलाई आग्रह गरिएको छ ।

स्रोतका अनुसार कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले आफूनिकट व्यक्तिलाई मनोमानी तरिकाले केन्द्रको हवाला दिँदै उम्मेदवार सिफारिस गरेपछि नेविसंघको विवाद छताछुल्ल भएको हो । नेविसंघमा मात्र होइन कांग्रेसका अन्य भातृ संगठनहरुमा पनि सभापति खनाल ‘हिटर शैली’मा हाबी हुने गरेको आरोप लगाइएको छ ।