सडक छेउछाउ चोरी गर्दै हिड्ने चालक गाडी सहित पक्राउ।

कुरिनटार- भाडाको गाडी चलाउदै सडक छेउ छाउ चोरी गर्दै हिड्ने टाटा जेनुनका चालकलाई गाडी सहित मुग्लिङ प्रहरिले नियन्त्रणमा लिगेको छ। गत २१ गते इच्छाकामना ४ कुरिनटारमा पार्किङमा रोकि राखेको टाटा योद्धा गाडिको स्पेयर टायर चोरी गरेको सिसिटिभी फुटेज अनुसार प्रदेश ३-०१ बा२३च१९८९ नम्बरको खसी बाख्रा बोक्ने गाडि सहित प्रतापपुर गोपिगन्ज परासीका २३ वर्षका रहमान मियालाइ पक्राउ गरिएको मुग्लिङ प्रहरिले जानकारी दिएको छ। पछिल्लो समय रोकि राखेको सवारीसाधनको टायर ब्याट्री तेल लगायत महत्त्वपूर्ण सामाग्री चोरिमा अत्याधिक वृद्धि भएपनी चोर पक्राउमा परेका थिएनन। सिसि टिभी फुटेज अनुसार पहिचान गरि रहमान मिया पक्राउ परेपछी अन्य चोरिको घटनाका जिम्मेवार हरु समेत पक्राउपर्ने सम्भावना बढेको छ।
