त्रिशूली नदीको बाँध हटाउन स्थानिय र राफ्टिङ व्यवसायीको माग

कुरिनटार, २६ फागुन । त्रिशूली नदीमा लगाएको बाँध हटाउन स्थानिय र राफ्टिङ व्यवसायीहरुले माग गरेका छन् । राफ्टिङका लागि उत्कृष्ट मानिने चितवनको इच्छाकामना अन्तरगत त्रिशूली नदीमा नदीजन्य पदार्थ ओसारपसार गर्न बाँध राखेपछि हिमालयन रिभरगाइड एसोसियसन (हर्गान) र स्थानियले तत्काल उक्त कार्य रोक्न माग गरेका हुन् ।
शहिद लखन गाउँपालिका ४ र इच्छाकामना गाउँपालिका ४ स्थित ठेवाटारमा बाँध बाँध्ने काम तत्काल बन्द गराई नदीलाई यथास्थानमा बग्न दिन माग गर्दै उनिहरुले इच्छाकामना गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको हो । त्रिशूली नदीमा बाँध बाँध्ने र जथाभावी नदीजन्य पदार्थ उत्खनन् गर्दा राफ्टिङ व्यवासय संकटमा परेका छन् ।
नदी बहाव परिवर्तन गर्न नपाइने पर्यटन व्यवासयी मेघ आलेले बताउनुभयो । नदीजन्य पदार्थ उत्खनन् गर्दा यस नदीको सुन्दरता विग्रने र नदी आसपासमा रहेका होटल रिर्सोट र बस्तीहरु जेखिममा परेकोे उहाँको भनाई छ । पानीको बहाव नैे लर्काउदाँ राफ्टिङ व्यवसाय संकटमा परेको पर्यटन व्यवसायी आलेले बताउनुभयो ।
यसैबिच इच्छाकामना गाउँपालिकाले पनि यस क्षेत्रको वातावरणीय सन्तुलन, नदीको बहाव संचालित पेशा व्यवसाय जस्ता विषयहरुमा प्रतिकुल प्रभाव पर्ने कुनै पनि कार्य नगर्न नगराउन शहिद लखन गाउँपालिकालाई अनुरोध गरेको छ ।
स्थानिय र हर्गानले गाउँपालिकामा ज्ञापन पत्र बुझाए पश्चात इच्छाकामना गाउँपालिकाले पत्र मार्फत उक्त कार्य रोक्न अनुरोध गरेको हो ।
इच्छाकामना ४ ठेवाटारमा त्रियुगा निर्माण सेवा, बलेफी ३ सिन्धुािलचोकले नदीजन्य पदार्थ उत्खनन गरि निकासी गर्न त्रिशुली नदीमाथि हिमपाइप राखी बाँध लगाएर काम गरिरहेको छ ।
यस अघि पनि शहीद लखन गाउँपालिकाले गत माघ २२ गते ठेक्का लगाएर कुरिनटार नजिकै नदीजन्य पदार्थ उत्खनन गरि इच्छाकामनाको बाटो हुदैँ लैजान नदीमा हिमपाइप राख्दा विवाद भएपछि काम रोकेका थिए ।
यसैबिच गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ४ ठेवाटारक स्थानियहरुले नदीजन्य पदार्थ उत्खनन् बन्द गर्न माग गरेका छन् । बस्तीनै जोखिमा पर्ने भएकाले उनीहरुले सो कार्य बन्द गर्न माग गरेका हुन् ।
