पत्रकार पोखरेलमाथि हातपात, पत्रकार महासंघद्वारा दोषिमाथि कारवाहीको माग

पत्रकार पोखरेलमाथि हातपात, पत्रकार महासंघद्वारा दोषिमाथि कारवाहीको माग

कुरिनटार :  पत्रकार महासंघ चितवनले समाचारको विषयलाई लिएर पत्रकार सञ्जय पोखरेलमाथि   हातपात  र दुव्र्यवहार  गर्नेलाई कारवाहीको माग गरेको छ । एक विज्ञप्ती जारी गर्दै महासंघले समाचारको विषयलाई लिएर कुटपिट गर्ने माथि कारवाहीको माग गरेका हुन् ।
घटनाको दोषिमाथि कारवाही गर्न माग गर्दै स्वतन्त्र रुपमा पत्रकारिता गर्न वातवरण बनाउन र शान्ति सुरक्षाको प्रत्यभुतका लागि स्थानिय प्रशासनसँग माग गरेका छन् ।
साथै सम्पूर्ण पत्रकारको पेशाागत सुरक्षा र भयरहित वातावरणमा काम गर्न पाउने संविधानप्रदत्त अधिकारको सुनिश्चितता गर्न पनि जोडदार माग गरेको छ ।
समाचारको विषयलाई लिएर पत्रकार महासंघ चितवनका सदस्य समेत रहेका पोखरेललाई स्थानिय उत्पादनको कर संकलनका लगि इच्छाकामना गाउँपालिकाले सञ्चालन गरेको ढाँटका ठेकेदार कम्पनीका केही युवाहरुले इच्छाकामना ३ चुम्लिङटार स्थित निवासमै आएर समाचार र फेसबुक स्टाटस हटाउन दबाब दिदै हातपात समेत गरेका थिए ।