राष्ट्रिय प्रजातन्त्र पार्टी इच्छाकामनाको प्रवक्तामा सुर्य देव राजावादी।

राष्ट्रिय प्रजातन्त्र पार्टी इच्छाकामनाको प्रवक्तामा सुर्य देव राजावादी मनोनित भएका छन। इच्छाकामना गाउँपालिकामा हिजो एक कार्यक्रमको बिच राप्रपा इच्छाकामनाको अध्यक्ष सोनाम हुसेनले सुर्य देव राजाबादी लाई राप्रपा इच्छाकामनाको गाउँकमिटी सदस्य साथै प्रवक्तामा मोनित गरेको पत्र हस्तान्तरण गरेका थिए। सोही कार्यक्रममा राप्रपा इच्छाकामनाको गाउँकमिटीमा थप अन्य ५ जनालाइ पनि मनोनित गरिएको थियो। मनोनित हुने हरुमा डम्बर बहादुर मगर , विश्वास प्रजा,सागर गुरुङ, जित बहादुर गुरुङ र रविन तामाङ रहेको राप्रपा इच्छाकामनाले जानकारी दिएको छ।
