इच्छाकामना गाउँपालिकाको प्रथम अर्धवार्षिक तथा दोस्रो चौमासिक सार्वजनिक सुनुवाई

मुग्लिन : चितवनको इच्छाकामना गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको वडा नं. ५ स्थित मुग्लिनमा आज गाउँपालिकाको सेवा प्रवाह सम्बन्धमा आर्थिक वर्ष २०७९/ ०८० को प्रथम अर्धवार्षिक तथा दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो।
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बागमति प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवाल र विशिष्ट अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी रहेका थिए ।
कार्यक्रमलाई सम्बोन्धन गर्दै प्रमुख अतिथि बागमति प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवालले इच्छाकामनालाई समृद्ध बनाउन स्थानिय जनप्रतिनिधि,केन्द्र प्रदेश सांसद जिल्ला समन्वय एक भएर लागी परिरहेको बताए । केही सबालमा मतभिन्नता भए पनि विकास र समृद्धिका लागि एक भएर लागी परेको उनको भनाई छ । साथै प्रदेश सभा सदस्य सिलवालले कर्मचारीहरुले आफ्नो सेतो डे«समा कुनै दाग नलाग्ने गरि काम गर्नुपर्ने बताए ।
सार्वजनिक सुनाई जनप्रतिनिधिहरुको परिक्षा भएकाले कार्यक्रममा जनताको सहभागिता उल्लेख्य हुनुपर्ने बताए । सबै जनता सामु सुचना प्रवाह गर्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा गाँपालिका उपाध्यक्ष माया सिलवालले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषालले चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा गाउँपालिकाले गरेका प्रमुख कामहरुको संक्षिप्त विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जनप्रतिनिधिसहित विभिन्न राजनितिक दलका प्रतिनिधि, कर्मचारी संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेका थिए ।
