निर्माणाधिन शक्तिखोर –फिस्लिङ सडकमा रोलर दुर्घटना हुदाँ चालकको मृत्यु

निर्माणाधिन शक्तिखोर –फिस्लिङ सडकमा रोलर दुर्घटना हुदाँ चालकको मृत्यु

इच्छाकामना : चितवनको इच्छाकामनामा रोलर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । आज विहान १० ः ३० बजे शक्तिखोर–फिस्लिङ सडक अन्तरगत इच्छाकामना २ स्थित सेतो पहारा भन्ने स्थानमा सडक निर्माणको क्रममा रोलर सडक भासी तल खस्दा चालक इच्छाकामना ६ टोड्केका नबिन गुरुङको घटना स्थलमै मृत्यु भएको घटनास्थलबाट स्थानिय शिक्षक टिका गुरुङले जानकारी दिनुभयो । अहिले प्रहरी घटना स्थलमा पगेको छ ।
निर्माणाधिन यस सडकमा हिजो मात्र ट्रिपर दुर्घटनता हुदाँ एक जना घाइते भएका थिए ।