चितवन टांडिकि २७ महिने वालिकामाथी बलत्कारगरि हत्या प्रयास गरेको आसंका।

चितवन टांडिकि २७ महिने वालिकामाथी बलत्कारगरि हत्या प्रयास गरेको आसंका।

गएको शुक्रबार दिउँसो २ बजेतिर रत्ननगर टाँडीकी २७ महिने बालिका साथीसँग खेल्न गइन् । सुमिना (नाम परिवर्तित)लाई लिन करिब पाँच वर्ष र सात वर्षका दुई साथीहरु घरमै गएका थिए । साथीसँग खेल्न गएकी सुमिना ३ बजेसम्म पनि घर फर्किनन् ।

एक घन्टासम्म सुमिना घर नआएपछि उनकी आमा र मामाघरकी हजुरआमा सुमिनालाई खोज्न लागे । गाउँ र बजार सबैतिर दुई घन्टासम्म खोज्दै डुल्दा पनि उनीहरुले सुमिनालाई फेला पार्न सकेनन् । खेल्न बोलाएका साथीहरुले पनि सुमिना कता लागिन् भन्ने स्पष्ट बताउन सकेनन् ।

त्यतिन्जेल सुमिनाकी आमा र हजुरआमाको मनमा डर पलाइसकेको थियो । अनुहार उदास बनाउँदै उनीहरुले सुमिनालाई खोजिनै रहे । केहीबेरमा उनीहरुले नजिकैको एउटा पुलमुनि कागहरु कराउँदै झ्याम्मिएको देखे । हतारिँदै उनीहरु पुलमुनि हेर्न पुगे ।

नभन्दै सुमिना घोप्टो मुन्टो लागेको र निर्वस्त्र अवस्थामा भेटिइन् । छाती र ढाडमा धारिलो वस्तुले हानेर छियाछिया बनाएको थियो । उनलाई हजुरआमाले अचेत अवस्थामा फेला पारिन् । उनको योनि र टाउकोमा पनि चोट लागेको थियो । ‘जीउमा लुगा थिएन, झाडीमा लुगा पोको पारेर राखिदिएको थियो’, सुमिनाकी हजुरआमाले भनिन्, ‘अनि त्यहीँ काटेर पिटेर यसलाई पुलमुनि फालिदिएछ ।’

घटनास्थलनजिकै सिमेन्टको बोरा बिछ्याएर खानेकुरा खाएकोजस्तो देखिन्थ्यो । अचेत अवस्थामा फेला परेकी सुमिनालाई उनीहरुले तत्कालै एम्बुलेन्स खोजेर चितवन मेडिकल कलेज पु¥याए । बलात्कारको केस हुन सक्ने भन्दै कलेजले सुमिनालाई भरतपुर अस्पतालमा रिफर ग¥यो । भरतपुर अस्पतालमा एक्स–रे, सिटी स्क्यानलगायत सबै औषधि उपचारपछि उनी अहिले अस्पतालकै बेडमा पल्टिरहेकी छन् ।

‘कसले गरेको भन्दा बाबुले काटेको मात्रै भन्छे, अरु केही भन्न जान्दिन’, भावुक हुँदै हजुरआमाले भनिन्, ‘सानो–ठूलो जसलाई पनि बाबु भन्ने बानी छ यसको । पाँच मिनेट ढिला पुगेको भए यो मर्ने थिई ।’ आफू एक महिनाअघि मात्रै चितवन आएकाले रिसइबी कोहीसँग नरहेको उनी बताउँछिन् ।

भरतपुर अस्पतालको लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)मा सुमिनाको निःशुल्क उपचार भइरहेको छ । टाउको, ढाड र पेटमा पट्टी बाँधिएको छ । आँखा अझै सुन्निएका छन् । उनले दूध, अण्डा र फ्रुटी खाने गरेकी छन् ।

घटनाको विषयमा आइतबारसम्म जाहेरी नपरेको इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी अनिल खड्काले बताए । ‘घटनास्थलबाट कपडा बरामद भएको छ । एक ठाउँमा हल्का रगत पनि देखिएको थियो’, उनले भने, ‘चक्कुले नै हानेको हो कि होइन खुलेको छैन । शरीरमा प्वाल भने छ । बालिका डिस्चार्ज भएर आएपछि थप केही प्रगति होला ।’

भरतपुर अस्पतालको ओसिएमसीकी स्टाफ नर्स कल्पना खनालले बालिकाको छाती र ढाडमा चक्कुले काटेजस्तो चोट देखिएको बताइन् । बालिकाको योनिसमेत सुन्निएको थियो । उनीमाथि बलात्कार भए/नभएकोबारे अस्पतालले भने खुलाएको छैन । उनको स्वास्थ्य परीक्षणको रिपोर्ट शिलबन्दी गरेर राखिएको छ ।

सुमिना आफ्नी आमासँग मामाघर बस्दै आएकी छन् । बारा, जीतपुर स्थायी घर भएका उनीहरु कामको सिलसिलामा एक महिनाअघि मात्रै टाँडी आएर कोठा भाडामा लिएर बस्न थालेका हुन् । source   – कुल प्रसाद काफ्ले चितवन पोष्ट।