चौध किलोमा ट्रकको ठक्करबाट कारमा सवार पांँचजना घाईते, एकको अवस्था गम्भीर

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकको ठक्करबाट कारमा सवार पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राती ८ बजे नारायणढबाट मुग्लिनतर्फ गईरहेको लु १ ख ८२६६ नम्बरको कवाडी सामान बोक्ने ट्रकले विपरित दिशाबाट आइरहेको बा २१ च ३७१५ नम्बरको कारलाई चौध किलो भन्ने स्थानमा ठक्कर दिंँदा कारमा सवार ५ जना घाइते भएका हुन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
घाईते हुनेहरुमा कार चालक सिन्धुपाल्चोक बोटेकोशी नगरपालिका–४ का राज भुजेल, नवलपरासी देवचुली नगरपालिका–१४ का टेक प्रसाद न्यौपाने, सोही ठाउंँका कमल न्यौपाने, गोरखा फुजेल गाउंँपालिका–३ का राज कुमार सापकोटा र काठमाण्डौ महानगरपालिका–१६ का रामहरी मिश्र रहेका छन् ।
ती मध्ये न्यौपानेको अवस्था गम्भिर जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनीहरु सबैको उपचार पुरानो मेडिकल कलेज भरतपुर भईरहेको प्रहरीले जनाएको छ ।
