मोटरसाइकल दुर्घटनामा वेनिघाटरोराङ ९ माओवादी केन्द्रका वडा सचीवको निधन।

कुरिनटार, २० चैत । इच्छाकामनामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको निधन भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना ३ चुम्लिङ्गटारबाट धादिङ्गको हुग्दिखोला तर्फ जादैँ गरेको बा ५६ प २९८३ नम्बरको मोटरसाइकल पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङ्गटारमा सोमबार राति करिव ८:३० बजे दुर्घटना हुँदा धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ९ का माओवादी केन्द्रका वडा सचिव वर्ष ३४ को अन्जन सिलवालको मृत्यु भएको हो ।
उनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रमा राति १०ः२५ बजे मृत्यु प्रमाणित भएको इलाका प्रहरीकार्यलय मुग्लिङले जनाएको छ ।
