सि.जि. स्मार्ट डोमेस्टिक एप्लाइन्सेन्स (एस.डि.ए.) र अमेरिकन ब्राण्ड ब्ल्याक एंड डेकरको रिटेलर मिट चुम्लिङटारमा

सि.जि. स्मार्ट डोमेस्टिक एप्लाइन्सेन्स (एस.डि.ए.) र अमेरिकन ब्राण्ड ब्ल्याक एंड डेकरको रिटेलर मिट चुम्लिङटारमा

कुरिनटार :  सि.जि. स्मार्ट डोमेस्टिक एप्लाइन्सेन्स (एस.डि.ए. र अमेरिकन ब्राण्ड ब्ल्याक एंड डेकरको रिटेलर मिट चितवनको इच्छाकामना ३ चुम्लिङटारमा सम्पन्न भएको छ ।सोमबार सि जि ले बागमती प्रदेशका सम्पुर्ण रिटेलरहरुको उपस्थितीमा कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो ।
लम्साल सपिङ कम्प्लेक्सकी प्रोप्राइटर सुमित्रा लम्सालले दिप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गर्नु भएको थियो ।बि.यु.एच. धर्मेन्द्र जोशी सि.जि.का सेल्स हेड मनमोहन झा लगाएतको उपस्थिती रहेका थिए । कार्यक्रममा सेल्स इन्चार्ज मोहन श्रेष्ठले आकर्षक स्किमको घोषणा गर्नुभएको थियो ।

No description available.
सि.जि. मेरिडिया र अमेरिकन ब्राण्ड ब्ल्याक एंड डेकरका घरायसी सामाग्रीहरुको प्रदर्शनी गर्नुका साथै आफ्ना प्रोडक्टहरु एवम् आउँदै गरेको नयाँ प्रोडक्टहरुको बारेमा पी.पी. एम.का राजवंशीले जानकारी गराउँनु भएको थियो ।
सो अवसरमा आफ्ना डिलरहरुलाई विभिन्न विद्यामा अवार्ड प्रदान गरिएको थियो । आउट स्टयाण्डिङ पर्फमेन्सबाट लम्साल सपिङ कम्प्लेक्स कुरिनटार, बेष्ट सेल्स अवार्ड एस आर ट्रेडर्स धादिङवेसी र आउट स्टयाण्डिङ अवार्ड भिम इलेक्ट्रोनिक्सले प्राप्त गरेका थिए ।कार्यक्रममा १०० जना भन्दा बढी व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
सि.जि.को आयोजना र लम्साल सपिङ कम्प्लेक्स कुरिनटारको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल कै सबै भन्दा ठुलो र न.१ ब्राण्ड रहेको यस सि.जि.कम्पनीको देशभर ५०० भन्दा बढि डिलर रहेको छ ।

No description available.

No description available.