रामप्रसाद न्यौपानेलाई भोट माग्न इच्छाकामनामा आउँदै गोकुल बाँसकोटा

कुरिनटार,२२ चैत । नेकपा एमालेले चितवनको इच्छाकामनामा आजदेखि चुनावी अभियान सुरु गर्ने भएको छ । मिसन ग्रास रुट अभियान सञ्चालन गरिरहेको नेकपा एमाले इच्छाकामनाले उपनिर्वाचन लक्षित कार्यक्रमहरु आजदेखि सुरु गर्ने भएको हो ।
आज मिसन ग्रास रुट चिवनका कमाण्डर, पूर्वमन्त्री तथा पोलिटव्यूरो सदस्य गोकुल बाँसकोटा इच्छाकामना आउने कार्यक्रम रहेको प्रदेश कमिटी सदस्य प्रकाश अधिकारीले जानकारी दिनुभयो । बाँसकोटा सहित जिल्ला अध्यक्ष तथा क्षेत्र नम्बर २ का उम्मेद्वार रामप्रसाद न्यौपाने लगायतका नेताहरुको उपस्थितिमा कुरिनटारबाट एक कार्यक्रमकाबिच चुनावी अभिायन सुरु गरिने अधिकारीले बताउनुभयो ।
