बालगौरी पाथीभरा सिंहदेवी माई मन्दिर प्रांगणमा आज र भोली मेला लाग्दै , मेलामा जाँड रक्सी निषेध

बालगौरी पाथीभरा सिंहदेवी माई मन्दिर प्रांगणमा आज र भोली मेला लाग्दै , मेलामा जाँड रक्सी निषेध

कुरिनटार :  बालगौरी पाथीभरा सिंहदेवी माई मन्दिर प्रांगणमा मेला लाग्ने भएको छ । चितवनको साविकको (काउले गाविस) इच्छाकामना गाउँपालिका वडा न २ मायाटार स्थित पन्थचुली डाडाँमा रहेको मन्दिरमा विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि मेला लाग्ने भएको हो ।मेला २२ गते साँझदेखी सुरु भई २३ गते  दिनभर लाग्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । २२ गते रातभर नाँचगानसहित जात्रा लाग्ने र २३ गते विहान पुजाआजासगैँ दिनभर मेला लाग्ने छ । मेलाको अवसरमा मन्दिरमा पञ्चवली र फुलको डोली भित्र्याइन्छ ।
हरेको बर्ष चैते दशैपछिको पूर्णीमामा लाग्ने यस मेलामा चितवन, धादिङ, तनहुँ गोरखा लगायत जिल्लाबाट पुजाआजा गर्न र मेला हेर्न आउने गर्छन् ।सन्तान नभएकाहरुले सन्तान मागेमा प्राप्ती हुने धार्मिक विश्वास रहेको छ ।
मेलामा जाँड रक्सी निषेध गरिएको स्थानिय विद्यालयका शिक्षक टिका गुरुङले बताउनुभयो ।
धार्मिक पर्यटकीय सम्भावना रहे पनि प्रचार प्रसार र भौगोलिक विकटताका कारण पछाडी परेको छ । धादिङको मौवाखोला, हुग्दिखोला र चितवनको कालिका नगरपालिका स्थित शक्तिखोरबाट चितवनको पुरानो सदरमुकाम एतिहासिक उपर्दाङगढी हुदैँ जान सकिन्छ । पछिल्लो समय सडक स्तरोन्नतीसगैँ मन्दिर सम्म पुग्न सहज बनेको छ ।