चैत्र २९ गते कुरिनटारमा रास्वपाको चुनावी सभा हुने

इच्छाकामना : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)इच्छाकामनाले चुनावी अभियानलाई तीब्र बनाएका छन् । अभियान अन्तरगत चैत्र २९ गते (बुधबार) कुरिनटारमा चुनावी सभा गर्ने भएको छ ।
चुनावी सभालाई सम्बोधन गर्न रास्वपाका पार्टी सभापति समेत रहनुभएका चितवन क्षेत्र नम्बर २ का उम्मेद्वार रबि लामिछाने र केन्द्रिय समितिका पदाधिकारीहरु आउने इच्छाकामना गाउँ कमिटीका सभापति जीत बहादुर थापाले जानकारी दिनुभयो ।
चुनावी सभा पश्चात कुरिनटार लगायतका ठाउँहरुमा घरदैलो कार्यक्रमसमेत गरिने उहाँले बताउनुभयो ।
