व्यवसायी शंकर कँडेल मृत्यु प्रकरण : राजनीतिक दल र व्यवसायी आन्दोलनमा, राजमार्ग बन्द

चितवन : चितवनका स्थापित पोल्ट्री व्यवसायी शंकर कंडेलले भरतपुर–३, बेलचोकस्थित आफ्नै निवासको अफिस कोठामा झुण्डिएर आत्महत्या गरेको प्रकरणमा उनका व्यावसायिक पार्टनर अनिल रुङ्गटा र उनकै कम्पनीका चार्टर एकाउन्टेनविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी परेपछि चितवनका उद्योगी, व्यावसायीले न्यायको निम्ति आन्दोलन चर्काएका छन् ।
मृतकका भाइ राजन कंडेलले फेला परेको आठ पृष्ठ लामो ‘सुसाइड नोट’का आधारमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएपछि पक्राउ गर्न दबाब दिने उद्देश्यले ¥यालीलगायतका कार्यक्रम गरिएको बताए ।
बिहीबार (आज) जिल्ला प्रहरी कार्यालयबाट सुरु भएको आन्दोलनमा ¥यालीले चौबीसकोठीमा नाराबाजी गरेको छ । चौबीसकोठीदेदि सुरु भएको ¥याली जिल्ला प्रहरी कार्यालय, मालपोतचोक हुँदै केन्द्रीय बस टर्मिनलमा नाराबाजी गरिएको थियो । आन्दोलनकारीले गृहमन्त्री, चितवनका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखकको राजीनामा मागेका छन् । आन्दोनकारीले बसपार्कचोकको पाँच ठाउँमा टायरसमेत बालेका छन् ।
कांग्रेस चितवनका पूर्व कोषाध्यक्षसमेत रहेका कँडेललाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै कांग्रेस चितवनले आन्दोलनको अगुवाइ गरेको छ भने कांग्रेस कार्यकर्ता तथा कँडेलका समर्थकहरूले पूर्व–पश्चिम राजमार्गको चौबिसकोठीमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।
