मनकामना मन्दिरमा भक्तजन माथि नै हातपात

कुरिनटार : मनकामना मन्दिर दर्शनका लागी आएका भक्तजनमाथि हातपात भएको छ । भारतको कर्नाटकबाट आएका भक्तजनलाई मन्दिरका कर्मचारीले हातपात गरेका हुन् । केही भक्तजन सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
‘एकपटक मन्दिर दर्शन गरेर बाहिर निस्केपछि उहाहरु फेरी मन्दिर पस्न खोज्नुभएछ,’ मनकामना प्रहरी चौकीका इन्चार्ज जीवनाथ सुवेदीले भने, ‘कर्मचारीले रोक्न खोज्दा विवाद भएर सामान्य हातपात भएछ।’ घटना लगतै पीडित पक्षले प्रहरी चौकीमा उजुरी दिएका थिए । दुवै पक्षलाई बोलाएर सहमति गरेर पठाइएको सुवेदीले जानकारी दिए ।
