इच्छाकामना मन्दिरमा धर्मशाला निर्माण, प्रदेश सांसद कृष्ण सिलवालद्वारा उद्घाटन (फोटो फिचर )

कुरिनटार,२६ वैशाख । चितवनको इच्छाकामना ४ कुरिनटार स्थित मन्दिर परिषरमा निर्माण गरिएको धर्मशाला भवनको उद्घाटन गरिएको छ । आज प्रदेश सांसद कृष्ण प्रसाद सिलवालले एक कार्यक्रमकाबिच धर्मशाला भवनको उद्घाटन गर्नुभएको हो । धर्मशाला भवनको उद्घाटन गर्दे प्रदेश सांसद सिलवालले आफुहरुले भर्खर युवा अवस्था हुदाँ देखी परिकल्पना गरेको कुरा पुरा हुदैँ गएको बताउनुभयो ।
सांसद सिलवालले भन्नुभयो, ‘ हामी भर्खरको यूवा हुदाँ केही गर्नुपर्छ इच्छाकामना माईलाई साक्षी राखेर इमानदारितापूर्वक यो ठाउँलाई परिवर्तन गर्नुपर्छ भनेर युवा रगत एकदमै बलेका बेला हामीले जो परिकल्पना गरेका थियौँ, आज साकार भएको छ , यति ठूलो भव्य महल, तमाम मन्दिरहरु देख्दा जहाँ हामीले आस्था राख्छौँ, जहाँ इश्वर हुन्छ त्याहाँ सत्य हुन्छ, जहाँ सत्य हुन्छ, त्याहाँ जीत हुन्छ भन्ने भनाई प्रति गर्व लागेको छ , इच्छाकामना माई जसले हामीलाई सतमार्ग हिड्नका लागि प्रेरणा दिनुभएको छ , दिनुहुने छ र सबैको रक्षा गर्नुहुनेछ भन्ने विश्वास छ ।’
उहाँले पहिलो पटक २०४० सालमा मन्दिरको संरक्षणका लागि आफुहरुले खाल्टो पुरेर वृक्षणरोपण गरेको स्मरण गर्नुभयो । तत्कालिन आफुहरुले गठन गरेको क्लबले मन्दिर संरक्षणका उक्त कार्य गर्दा विभिन्न व्यक्तिबाट झमेला बेहोर्नु परेको बताउनुभयो ।
साथै मन्दिर जग्गा व्यक्तिको नाममा दर्ता हुनै लाग्दा मालपोत कार्यालयमै गएर कागजपत्र च्याति मन्दिरको जग्गा बचाउन सफल भएको पनि बताउनुभयो ।
‘म भरतपुर गएको थिएँ, मन्दिरको जग्गा कुनै व्यक्तिको नाममा जादैँ छ भनेर थाहा पाए,ँ मालपोत कार्यालयमा जादाँ मालपोत अधिकृतको टेबलमा रातो कलमले सहि छाप गर्न ठिक्क पारेको भेटेँ, तत्काल एक्लै प्रतिवाद गरेँ र त्यो दिन रोके, म फर्किएर रुद्र बहादुर गुरुङ कर्ण बहादुर काका उहाँहरुलाई यस्तो हुदैँछ भनेर जनाकारी गराई यसको संरक्षण हामीले गरेन भने भोली पुर्जा निक्लिन्छ भने, त्यसपछि कुरिनघाटको आमा समूहका गोमा घिमिरे दिदी लगायत र कुरिनटारका केही युवाहरुको टोली मालपोल कार्यालयमा बस नै रिजर्भ गरेर गई लडाई गरि खोसेर च्यादिएपछि दर्ता हुने काम रोकियो । त्यो जग्गा २०५४ सालमा म गाविस उपाध्यक्ष हुदाँ सार्वजनिक गर्नुपर्छ भनेर लागी परेर सार्वजनिक गर्न सफल भएँ । ’उहाँले इच्छाकामना मन्दिरको संरक्षण र विकासका लागि आफु सधैँभर लागि परिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले मन्दिर समितिले गरेका कामको प्रशंसा गर्नुभयो । यहाँ के आवश्यकता के हो कस्तो किसिमको सहयोग गर्नुपर्छ गाउँपालिका सधैँ तयार रहेको बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष माया सिलवाल, वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुषाल, गाउँपालिकाकी पूर्वअध्यक्ष गीता गुरुङ , नेकपा माओवादी केन्द्रका इन्चार्ज सवित्री सिलवाल चन्दादाताको तर्फबाट समाजसेवी ध्रुब प्रसाद त्रिपाठी लगायतले बोल्नुभएको थियो । उहाँहरुले मन्दिर व्यवस्थापन समितिले गरेका कामहरुको खुलेर प्रंशसा गर्नुभएको थियो ।
८० लाख ९६ हजार ७०६ रुपैयाँ लागतमा सम्पन्न उक्त भवनमा ११ वटा कोठा र एउटा भव्य सभाहल रहेको छ । प्रदेश ,गाउँपालिका, मन्दिरको आन्तरिक श्रोत र उपभोक्ता समिति मार्फत धर्मशाला भवन निर्माण गरिएको हो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रसाद सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्जना अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो । शंकर सिलवालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
