इच्छाकामना र गण्डकी गाउँपालिका जोड्ने बुटार– चुम्लिटारमा दशैँ सम्ममा बेलिव्रिज बन्ने

इच्छाकामना र गण्डकी गाउँपालिका जोड्ने  बुटार– चुम्लिटारमा  दशैँ सम्ममा बेलिव्रिज बन्ने

कुरिनटार :  गोरखाको गण्डकी गाउँपालिका वडा नम्वर १ स्थित बुटार र चितवनको इच्छाकामना गाउँपालिका वडा नम्वर ३ चुम्लिङटार जोड्ने बेलिव्रिज निर्माणका लागि पायलिङ मेसिन त्रिशूली नदी पार गराइएको छ । मेसिन तार्न पटक पटक प्रयास गर्दा चौँथो पटक सफल भएको सिइ कन्स्ट्रक्सनका इन्जिनियर गणेश लम्सालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो आज मेसिन पार भएको छ, भोलिबाट खन्ने काम सुरु हुन्छ । साइडमा आवश्यक डण्डि, सिमेन्ट, गिटि, बालुवा, अन्य यन्त्र उपकरण तयारी अवस्थामा रहेको छ ।

मेसिन पार गराउन सहयोग गर्ने गण्डकि गाउँपालिका लगायत सरोकारवालाहरुलाई उहाँले धन्यवाद दिनुभएको छ । मेसिन पार गराउने अपरेटरलाइ गण्डकि गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले खादा र टिका लगाएर सम्मान गर्नुभएको थियो ।

यस क्षेत्रमा पुल निर्माण हुने भनेको डेढदशक हुँदा समेत निर्माण हुन सकेको थिएन । गाउँपालिकाबाट प्रधानमन्त्री कार्यालय पुगेको टोलिलाइ प्रधानमन्त्रीले बेलिव्रिज निर्माण गरेर पक्कि पुलको थालनि बताउनुभएको थियो । अध्यक्ष तिमिल्सिनाका अनुसार यस भेगका नागरिकहरुले दशैँको आसपास बेलिव्रिजबाट सवारीसाधन चलाउन पाउनेछन् ।