इच्छाकामनाको सात वटै वडामा लम्पी स्किन रोग फैलियो, २३ वटा गाईगोरु मरे

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा रहेका गाईगोरुमा लम्पी स्किन रोग फैलदैं गएको छ । उक्त रोगकै कारण अहिलेसम्म २३ वटा गाईगोरु मरेका छन् । सात वटै वडामा फैलिएको यस रोगबाट हाल सम्म २३ वटा गाईगोरु मरेको रिर्पोट संकलन भएको पुशसेवा शाखा इच्छाकामनाका प्रमुख रञ्जित सुनारले बताउनुभयो ।
उहाँका अनुसार हाल सम्म वडा नम्बर १ मा सबै भन्दा बढी गाईगोरु मरेका छन् । वडा नम्बर १ मात्र ११ वटा गाईगोरु मरेका छन् । ३८८ भन्दा बढी बिरामी अवस्थामा छन् । वडा नम्बर २ मा १० वटा गाईगोरु मरेका छन् भने ५५ भन्दा बढीको संख्यामा बिरामी छन् ।
वडा नम्बर ३ मा १७ वटा बिरामी परेका छन् । हाल सम्म यस वडामा मरेका छैनन् । वडा नम्बर ४ मा चार , ५ मा ११ र ६ मा ३२ गाईगोरु बिरामी परेका छन् ।
वडा नम्बर सातमा २ वटा मरेका छन् भने ३५ वटा बिरामी परेका छन् । यो रोगबाट ८ देखि १० प्रतिशत मर्ने सम्भावना रहन्छ । हाल सम्म इच्छाकामनामा मृत्यूदर ६ प्रतिशत मात्र छ ।
यो रोग इच्छाकामनामा चैत ९ गतेबाट देखा परेका हुन् । अहिले प्रत्येक वडामा प्राविधिक खटाई उपचार र विवरण संकलन भइरहेको उहाँले बताउनुभयो । संक्रमणदर र मृत्युदर क्रमश स् घट्दै गएको उहाँको भनाई छ । हाल सम्म ५ सय भन्दा बढीको उपचार गराइसकेको र हाल संक्रमण र मृत्युको अवस्था नियन्त्रण उन्मुख रहेको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले गाइबस्तुमा रोग देखा परेको भन्ने सुचना पाउन साथ आफै पनि प्रभावित क्षेत्रमा पुगेको र तत्काल पशुचिकित्सक प्राविधिकहरुसहितको टोली खटाई उपचार गर्ने आवश्यक परामर्श दिने लगायतको काम गरेको बताउनुभयो । गाउँपालिकाले रोकथाम र उपचारका लागि सबै प्रकारको प्रयास गरिरहेको र हाल नियन्त्रण उन्मुख रहेको बताउनुभयो ।
गाईभैँसीमा यो रोग देखापरेमा ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादनमा ५० देखि ७० प्रतिशत घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुन्निने लक्षण लक्षण देखा पर्ने इच्छाकामना पशुशाखाकाका पशुचिकित्सक डा। सुनिल ज्ञवालीले बताउनुभयो । यो रोगबट लामखुट्टे झिङ्गा, भुसुना आदिको टोकाइबाट, संक्रमित गाइभैँसीका ओसारपसारबाट र रोगी पशुहरुसगैँ राखेमा वा चराएमा र लसपसबाट सर्ने डा। ज्ञवालीको भनाई छ ।
उहाँका अनुसार यसको रोगको ठोस उपचार छैन । यो रोग लाग्नु नदिनुनै उत्तम उपाय भएको हो । यो रोग लक्षणको आधारमा गरिनुपर्छ । ज्वरो आए ज्वारोको उपचार, घाउको उपचार गर्ने, जुम्रा किर्नाबाट बचाउने रोग देखिहालेको अवस्थामा छुटाएर राख्ने चराउन नलैजाने पशुचिकित्सक प्राविधिकहरुलाई खबर गर्नु पर्ने बताउनुभयो ।
इच्छाकामनामा भौगोलिक विकटता, जनचेतनाको अभाव सञ्चार माध्यमको पहुँच नभएकाले नियन्त्रणमा केही समस्या आए पनि हाल निरन्तर प्राविधिकहरु खटाई उपचार र जनचेतनामुलक कार्यक्रमहरु गरिरहेकाले नियन्त्रण उन्मुख अवस्थामा रहेको डा। ज्ञवालीको भनाई छ ।
पशुसेवा विभागको तथ्याङ्क अनुसार देशभर ३५ जिल्लामा फैलिएको यो रोगबाट ३५ हजार भन्दा बढी गाईभैँसी प्रभावित भएका छन् । चितवनमा इच्छाकामना, कालिका खैरहनी र राप्तीमा यो रोग बढी देखा परेका छन् ।
