हेल्पकोड नेपालद्धारा इच्छाकामनाका बालविकास कक्षाका शिक्षकहरुलाई तालिम

हेल्पकोड नेपालद्धारा इच्छाकामनाका बालविकास कक्षाका शिक्षकहरुलाई तालिम

कुरिनटार, ३१ वैशाख । चितवनको इच्छाकामनामा बालविकास कक्षाका शिक्षकहरुका लागि पाँच दिने तालिम सम्पन्न भएको छ । बालविकासका लागि सहयोग र सहकार्य नेपाल (हेल्पकोड) को आयोजनामा शर्वशान्ति माध्यमिक विद्यालय इच्छाकामना ४ कुरिनटारमा तालिम सम्पन्न भएको हो ।
आज तालिमको एक कार्यक्रमकाबिच वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । कार्यक्रममा बोल्दै वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले आफुले सिकेका सीप कक्षामा पुगेर सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।उहाँले आफुले तालिममा सिकेका कुरा विद्यालयमा अन्य शिक्षकहरुलाई पनि सिकाउन आग्रह गर्नुभयो ।

शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्काले यस तालिमले विद्यालय तथा कक्षा कोठा थप बालमैत्री बन्न सहयोग पुग्ने बताउनुभयो । सिकेका सीपलाई कक्षा कोठामा गई व्यावहारमा उतार्नुपर्ने बताउनुभयो ।
यस तालिममा सहभागि भएका मध्येबाट दुई जनालाई गाउँपालिकाले छनौट गरि मन्टेश्वरी तालिममा सहभागि गराईने उहाँले बताउनुभयो ।

सहभागि शिक्षिका आरती लामाले यस तालिमबाट बालबालिकाको सिकाईलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कला सिकेको बताउनुभयो । सिकाईलाई उपलब्धीमुलक बनाउन निशुल्क पाइने सामाग्रीहरुबाट विभिन्न कलात्मक चित्र बनाई मनोरञ्जनात्मक तरिकाले सिकाउन सकिने र विद्यालय कक्षा कोठालाई कसरी बालमैत्री बनाउने ,बालबालिकालाई विद्यालयमा कसरी आउन मन लाग्ने वातावरण सिर्जना गर्न सकिन्छ भन्ने कुरा सिक्न पाएको भन्दै तालिम आयोजना गर्ने संस्थालाई धन्यावाद दिनुभयो ।

प्रशिक्षक तथा हेल्पकोड नेपालका प्रोजेक्ट कोर्डिनेटर इन्द्रप्रसाद पाण्डेले बालबालिकालाई आफ्नै सन्तान छोराछोरी मानेर माया गरि सिकाउन सहभागि शिक्षकहरुलाई आग्रह गर्नुभयो ।उहाँले शिक्षकहरुमा नै भएको क्षमतालाई केही सहज मात्र बनाइदिएको बताउनुभयो ।

तालिममा १२ विद्यालयका १७ जना बालविकास कक्षाका शिक्षकहरु सहभागि रहेको हेल्पकोड नेपालका विकास चेपाङले बताउनुभयो

साथै हेल्पकोड नेपालले सहभागी शिक्षकहरुलाई सिकाईलाई प्रभावकारी बनाउनका लागि विभिन्न शैक्षिक सामाग्रीहरु पनि हस्तान्तरण गरेका छन् । प्रमुख अतिथि वडाध्यक्ष रुद्रसाद उप्रेती, गाउँपालिका शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्का र सर्वशान्ति माविका प्रधानाध्यापक जोहनखरेल
सर्वशान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक जोहन खरेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।