राष्ट्रिय मा.वि हात्तिबाङमा बालबिवाह तथा कुलत विकृति विरुद्ध सचेतनामुलक सडक नाटक प्रदर्शन

राष्ट्रिय मा.वि हात्तिबाङमा बालबिवाह तथा कुलत विकृति विरुद्ध सचेतनामुलक सडक नाटक प्रदर्शन

हात्तिबाङ :  चितवनको इच्छाकामना गाउँपलिका १ मा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालय हात्तिबाङमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले मंगलबार बालबिवाह तथा कुलतको विकृति विरुद्ध सचेतनामुलक सडक नाटक प्रदर्शन गरेका छन् ।

नाटकमा बालबिवाह तथा कुलतको विकति विरुद्धको विषयबस्तु मुख्य रूपमा उठान गरी नाटक प्रदर्शन गरेका थिए ।
यस सडक नाटक प्रदर्शन कार्यक्रममा श्री राष्ट्रिय माध्यमिक विद्यालय हात्तिबाङका प्रधानाध्यापक लोक बहादुर मगरले सडक नाटक प्रदर्शनले समाजका मानिस र बिद्यार्थीहरुको चेतनाको बिकास र सकारात्मक सन्देश प्रवाह गर्नसक्ने बताउनुभयो ।

सोही विद्यालयका सहायक प्र.अ. बेग बहादुर मगरले बालबालिकालाई यस्ता कार्यक्रममा भाग लिने अवसर दिदाँ उनीहरुको बौद्धिक बिकाससंगै थप उत्साहित र प्रोत्साहन मिल्दा अझै पनि इन्सेकबाट धेरै सहयोगको अपेक्षा गरीरहेको र संगै समन्वय र सहकार्य गरिरहने बताउनुभयो ।
नाटक प्रदर्शन कार्यक्रममा स्थानीय, स्वास्थ्यकर्मी, शिक्षक र बिद्यार्थीहरुकोे उपस्थिति रहेको थियो ।