नक्कली भुटानी शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष मियाँ पक्राउ

काठमाडौँ : नक्कली शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।उनलाई प्रहरीले आज पक्राउ गरेको हो । यो प्रकरणमा पैसा ओसारपसारसहितको कामका लागि मियाँले चढ्ने गाडी प्रयोग हुँदै आएको तथ्य फेला परेको थियो ।
अनुसन्धानको क्रममा उनको पनि यो प्रकरणमा सग्लग्न देखिएपछि प्रहरीले पक्राउ गरेको हो ।
