इच्छाकामनाको वार्षिक प्रगति सार्वजनिक (भिडियोसहित)

कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिकाले एक बर्षको अवधीमा गरेका विकास निर्माण लगायत गतिविधिहरु सार्वजनिक गरेका छन् । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले एक बर्षको अवधीमा गाउँपालिकाले एक बर्षको अवधीमा गाउँपालिकाले गरेका विकास निर्माण लगायत विभिन्न गतिविधिहरु सार्वजनिक गर्नुभएको हो । अध्यक्ष गुरुङले एक बर्षको अवधीमा आधारभुत अस्पताल सञ्चालनदेखि सडक कालोपत्रे तथा ढलान,अलपत्र परेका योजनाहरु सुचारु ग्रामिण सडक स्तरोन्नती लगायतका काम भएको बताउनुभयो ।
आफ्नो एक बर्षे कार्यकालका संक्षिप्त जानकारी दिदैँ अध्यक्ष गुरुङले कृषि तर्फ,विपन्न घर परिवार र उद्यमी कृषकलाई निशुल्क ÷साझेदारीमा विउ वितरण, चिस्यान केन्द्र निर्माण–सम्झौता प्रकृया अगाडी बढेको, मस्र्याङ्दी बहुउदेश्यिय सहकारी संस्थासंगको लागत साझेदारीमा कृषि तालिम केन्द्र निर्माण, कृषि एम्बुलेन्स खरिद प्रकृया अगाडि बढेको, कृषि समूह गठन, कृषक सूचिकरणको कार्य सम्पन्न भएको,माटो ल्याब सञ्चालनमा ल्याइएको , स्थानीय रैथाने बाली संरक्षण प्रवद्र्धनका लागि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको सुनौलो हजार दिनका आमाहरुका घरमा आमा तथा बच्चाको पोषण स्वास्थ्यमा सुधार ल्याउन एक घर एक करेसाबारी अभियान सञ्चालन गरेको बताउनुभयो ।
यसैबिच पशु तर्फ वडा नम्बर ३ र ५ मा कुकुरमा फैलिएको रेविज रोग नियन्त्रण, वडा नम्बर ७ मा अफ्रिकन स्वान फिवर नियन्त्रण, लम्पी स्किन रोग निरन्तर रुपमा नियन्त्रण, पशुको उचित व्यवस्थापन सबै वडामा सञ्चालन गरिएको ,नश्ल सुधारका विउ बोका तथा पाठा वितरण, बाख्राको विमा, जुनोटिक रोग, लम्पी स्किन डिजिज, रेविज अफ्रिकन स्वान फिवर, कृतिम गर्भाधान सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको, गोबर जाँच, स्किन स्कै्रपिङ्ग टेष्ट गाउँपालिकामै सुरुवात गरिएको, पिपिआर भेक्सिनेसन–९५०० बाख्रालाई दिइएको, रेविज विरुद्ध कुकुरमा–३३१ खोरेत रोग विरुद्ध गाई भैसी बंगुरमा १४१४ लाई दिइएको , निरन्तर ओषधी उपचार तथा वितरण, नमुना संकल तथा सम्प्रेषण गर्ने कार्य गरिएको छ ।
शिक्षा तर्फ, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई संस्थागत–३ र व्यक्तिगत– ५७ गरि ६० जनालाई रु ५ लाख छात्रवृति प्रदान गरिएको छ । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता र अन्य अतिरिक्त क्रियाकलाप (जस्तै वक्तृत्वकला, हस्तलेखन, हाजिरी जवाफ समयमै सम्पन्न गरिएको, स्वंयसेवक शिक्षक व्यवस्थापनको सुरुवात भएको , ३४५ जनलाई आइसिटी तालिम दिइएको, एक विद्यालय एक करेसाबारीको सुरुवात ,निशुल्क तथा अनिवार्य शिक्षा कार्यन्वयनको चरणमा रहि रहेको (विद्यालय बाहिरका विद्यालयको खोजी र प्रोत्साहनमुलक कार्यक्रम संचालन) भएको प्र.अ. बैठक जुम मार्फत संचालनको सुरुवात गरिएको प्राथमिक तहमा ५५ र निम्न माध्यमिक तहका ३ जना स्थायी शिक्षकलाई पदस्थापन गरिएको लगायत रहेका छन् ।
स्वास्थ्य तर्फ निशुल्क आँखा शिविर संचालन–२ हजार १,०० जनाको जाँच गरिएको जसमा २०३ जनाको मोतिया विन्दुको अपरेशन, वडा नम्बर ३ मा कुकुरले टोकेका ३० जनालाई एन्टि रेविज भ्याक्सिन दिइएको, बालिका विकास खाता खोल्ने कार्य ः ३५ जनलाई रु ३,५०,००० प्रदान गरिएको , निशुल्क दन्त शिविरमा ९० जना बिरामीलाई उपचार सेवा प्रदान गरिएको, निशुल्क पाठेघर जाँच खकार परिक्षण लागयतका रोगहरुको टेष्टका लागि घुम्ती सेवा सञ्चालन गरिएको , गर्भवती महिलाहरुलाई क्याल्सियम चक्की वितरण पौष्टिक तत्वको कमी हुन नदिन अण्डा वितरण, गर्भवती महिलाहरुको पोषण अवस्थामा सुधार ल्याउन वडा नम्बर १, २ र ६ का सुनौला हजार दिनका महिलाहरुलाई एक भाले र दुई वटा पोथी कुखुरा चल्ला कार्यक्रम सञ्चालन , दादुरा रोगको प्रकोप फैलिएकोमा लक्षित वर्गलाई दादुरा रुवेला खोप अभियान सञ्चालन गरिएको,दारेचोक स्वास्थ्य चौकीलाई इच्छाकामना आधारभुत अस्पतालमा स्तोरन्नती गरि चिकित्सकसहितको डिजिटल एक्स रे सेवा सुरुवात गरिएको सुत्केरी र विपन्नका लागि निशुल्क एंव छुट सहितको एम्बुलेन्स सेवा सञ्चालन, विपन्न नागरिक स्वास्थ्य सेवा विमा वडा नम्बर ३ र ४ मा सम्पन्न, वडा नम्बर ३ र ४ का विपन्न नागरिकका लागि निशुल्क स्वास्थ्य विमा सम्पन्न गरिएका लगायतका रहेका छन् ।
पूर्वाधार विकास तर्फ ग्रेड कटिङ्ग र मोड सुधार ३७७८ मिटर, सिढीँ बाटो निर्माण ११५२ मिटर, गोरेटो बाटो निर्माण २६९५ मिटर, सडकमा ग्याविन जाली भरी सडकको. स्तरोन्नती २५५ मिटर, सडक रिटेनिङ्ग वाल निर्माण १०३ मिटर, सडक ग्रावेल नालासहित १३२४ मिटर, नयाँ ट्रयाक खोल्ने काम १७०७० मिटर, सडक ढलान ७१५ मिटर, सडक कालोपत्रे २०८ मिटर, विद्यालय मर्मत सुधार १५ वटा, आमा समूह भवन निर्माण तथा सुधार ९ वटा, तेश्रो किस्तासम्म लिने भूकम्प लाभग्राहीको ८३.३७ प्रतिशत रहेको, सामुदायिक भवन निर्माण र मर्मत सुधार २१ वटा,हेल्थ पोष्ट भवन निर्माण र मर्मत सुधार ८ वटा, क्लब भवन निमाृण र मर्मत सुधार २ वटा, मठमन्दिर मर्मत सुधार ९ वटा, सिचाँई कुलो मर्मत सुधार ६ वटा,तटबन्धन २७२ मिटर, खानेपानी जडान २०१ घरधुरी, विद्युत नपुगेका सबै वडाका बस्तीमा विद्युत विस्तारको क्रम अगाडी बढेको, वडा नम्बर ४, ६ र ७ का ५४ घरधुरीमा निशुःल्क विद्युत मिटर जडान कार्य अन्तिम चरणमा, गुणस्तर सुनिश्चितता उपकरणहरु खरिद गरि प्रयोगमा ल्याउन थालिएको, निजि क्षेत्रको साझेदारीमा डम्पिङ साइटलाई फोहोर मैला व्यवसथापन उद्योगका रुपमा रुपान्तरण गर्ने कार्यको सुरुवात भएको छ ।
संस्थागत क्षमता तर्फ नियमित कार्यपालिका बैठक सञ्चालन, नियमित कर्मचारी बैठक सञ्चालन, दर्तापत्र, ४००, चलानीपत्र, २४३१, संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न, नागरिक वडापत्र विद्यालयस्तरको पाठ्यसामाग्रीका रुपमा प्रदान, गाउँपालिकाको प्रशासकिय भवन यसै आ.व.मा सम्पन्न हुने गरि काम भइरहेको, पालिकाको विशेष पहलमा स्थानिय पूर्वाधार विभागबाट रु ५० लाख बजेटद रकम प्राप्त, विगत ३ आर्थिक बर्षदेखि अलपत्र रुपमा रहेको इच्छाकामना अस्पतालको वित्तिय स्वीकृत गराई अस्पताल निर्माणका लागि टेन्डर भई रु १३ करेड ९५ लाख ११ हजार ५७१ पैसा ९७ मा सम्झौता हुने क्रममा रहेको गाउँपाकिलाले जनाएको छ । इच्छाकामना मन्दिरको निर्माण कार्य सम्पनन,कृषि रणनितिक योजना, तर्जुमा गाउँशिक्षा योजना तर्जुमा, ऐन, कार्यविधि,निर्देशिका , मार्गदर्शन, रणनिति निर्माण लगायतका रहेका छन् ।
सामाजिक विकास तर्फ होमस्टे महिला नेतृत्व सिप विकास, बालविवाह न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रम ५ स्थानमा २०६ जनालाई, विपन्न र पिछडिएका वर्ग तथा समुदायलाई सूचनामा पहुँच पु¥याउन रेडियो वितरण कार्यक्रम १०० घर दुरीमा विरतण गर्ने कार्य भइरहेको , सामाजिक सुरक्षा भत्तालाई घरदैलो सम्म पु¥याउन वडा पदाधिकारीको सक्रियता रहेको, वडा नम्बर ६ बाट वैदेशिक रोजगारीमा गएका मृतकको शव ल्याउन सहजीकरण गरिएको , मेलमिलापको कायविधि बनाई सूचिकरण कार्य गरिएको,१० वटा उजुरी परेको मध्ये वटाको फर्छौट भएको, मनोसामाजिक परामर्श सेवा र वित्तिय साक्षरता कक्ष गरि १०३ जनलाई सेवा प्रदान गरिएको, लघु उद्यम कार्यक्रमबाट ८० जना नयाँ उद्यामी सिर्जना र ४० जनलाई स्तरोन्नतीका लागि पुर्नताजगी तालिम दिइएको , विपन्न तथा पिछडिएका महिलाहरुलाई नमुना उद्यमी बनाउन वाड नम्बर १ को थाप्राङमा २५ जनाको महिला समूह गठन गरि प्रशिक्षण दिइएकोे, वैदेशिक रोजगारिबाट फर्किएक युवाहरुलाई पुन : एकिकरण गर्न उद्यमशिल बनाउन र व्यवसाय प्रवद्र्धनमा सहयोग पु¥याउन विशेष प्रोत्साहन कार्यक्रम गरिने ,बारिष्टा कफी मेकर चुरापोते सम्बन्धी व्यवसायिक तालिम स्वरोजगारमूलक तालिम सञ्चालन, पालिका स्तरिय जेष्ठ नागरिक समिति गठन लगायतका रहेका छन् ।
आर्थिक प्रशासन तर्फ अनुमानित आय ७३करोड २७ लाख ३६ हजार १२० रहेकोमा हाल सम्मको आय ५२ करोड २६ लाख २३ हजार ८३० रुपैयाँ रहेको छ ।
हाल सम्मको खर्च ४३ करोड, २३ लाख २७ हजार २० रुपैयाँ रहेकोमा चालुखर्च ६६.३८ प्रतिशत र पुँजीगत खर्च तपर्फ ४९.८४ प्रतिशत रहेको गाउँपालिकाले जनाएको छ ।
वित्तिय प्रगति ५९ प्रतिशत रहेको छ ।
गाउँपालिकाको आन्तरिक आय तर्फ उपर्दाङगढी रु ३ लाख ३२ हजार ४५० केबलकार रु ६२ लाख ६३ हजार १६७ रुपौयाँ ३२ पैसा र लामो झराना २१ लाख ५० हजार ४३० आम्दानी गरेको छ ।
