इच्छाकामनाको दश बर्षे गाउँ शिक्षा योजना निर्माणका लागि सुझाब संकलन कार्यशाला गोष्ठी

इच्छाकामनाको दश बर्षे गाउँ शिक्षा योजना निर्माणका लागि  सुझाब संकलन कार्यशाला गोष्ठी

इच्छाकामना :  चितवनको इच्छाकामना  गाउँपालिकाले दश बर्षे गाउँ शिक्षा योजना निर्माणका लागि सुझाब संकलन कार्यशाला गोष्ठी  सम्पन्न गरेको छ । इच्छाकामना गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको  आयोजनामा  चुम्लिङ्गटार स्थित सिद्धार्थ रिर्सोटमा गाउँ शिक्षा योजना  २०७९/८०–२०७९/९० निर्माण सम्बन्धी सुझाब संकलन कार्यशाला गोष्ठी सम्पन्न गरेको हो ।
कार्यक्रममा शिक्षक, जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि लगायत सरोकारवााहरुको उपस्थिति रहेका थिए । कार्यक्रममा राष्ट्रिय युवा परिषद्का प्रशासकिय अधिकृत रमाकान्त शर्माले सहजीकरण गर्नुभएको गरेका थिए ।
प्रदेश सांसद कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष दान बहादुर  गुरुङको सभापतित्वमा सुझाब संकलन कार्यशाला गोष्ठी  सम्पन्न भएको हो ।