मायाटारमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको उद्घाटन तथा सेवा सुभारम्भ

मायाटारमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको उद्घाटन तथा सेवा सुभारम्भ

मायाटार : चितवनको इच्छाकामना २ मायाटारमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको भवन उद्घाटन तथा सेवा सुभारम्भ भएको छ ।
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले  भवनको समुद्घाटन  गर्नुभएको हो । साथै एक बृद्धाको स्वास्थ्य जाँच गरि  बिहिबार देखिनै  स्वास्थ्य सेवाको पनि  सुभारम्भ गरिएको छ ।
गाउँपालिकाका सबै नागरिकलाई  आधारभुत स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने अभियान अन्तरगत मायाटारमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको स्थापना गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । यस  सामुदायिक स्वास्थ्य इकाई केन्द्रबाट साविकको  चण्डीभञ्ज्याङका ४ वटा वडा र साविकको  काउलेको ५ वटा  वडामा नागरिकहरु लाभान्वित हुने उहाँले  बताउनुभयो । यहाँबाट जुनसुकै किसिमका  न्युनतम आधारभुत  स्वास्थ्य सेवा प्रदान हुने अध्यक्ष गुरुङको  भनाई छ ।

IMG_13961689273249.JPG
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ,जनस्वास्थ्य अधिकृत हरि देवकोटाका अनुसार मायाटारमा  सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएसगैँ इच्छाकामनामा स्वास्थ्य संस्थाको संख्या १२ पुगेको छ ।  ५ वटा स्वास्थ्य चौकीसहित , आधारभुत स्वास्थ्य इकाई र  सामुदायिक  स्वास्थ्य इकाई गरि १२ वटा स्वास्थ्य संस्था रहेका  छन् ।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख आतिथ्यता तथा वडाध्यक्ष पञ्च बहादुर चेपाङ सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुषाल , वडा नम्बर ३ का वडाध्यक्ष  तथा प्रवक्ता नर बहादुर नेपाल, वडा नम्बर ५का वडाअध्यक्ष  तेज बहादुर शेरचन, वडा नमबर ७ का वडाध्यक्ष बम बहादुर थापा मगर, वडा सदस्यहरु लगायतको आतिथ्यता रहेको थियो ।  कार्यक्रममा  गाउँपालिकाका स्वास्थ्यका कर्मचारीहरु र स्थानियहरुको उपस्थिति रहेको थियो ।
गाउँमै स्वास्थ्य सेवा पाउने भएपछि स्थानीयहरु खुशी भएका  छन् । यहाँका स्थानियहरु सामान्य चोटपटक लाग्दा समेत  २/३ घण्टा हिडेर काउले र चण्डीभञ्ज्याङ जान बाध्य थिए ।

IMG_13901689273324.JPG